दुई सरल सिद्धान्तहरू जसमा तपाईं अडिन सक्नुहुन्छ:
तपाईंको गति हो पहिलो महत्त्वपूर्ण कुरा
शान्तसँग निर्णय गर्नका लागि तपाईंसँग सोच्न आवश्यक समय प्राप्त हुने गतिमा आफ्नो सवारी चलाउनुहोस्। बाटोमा चल्दा तपाईंको अवस्था तपाईं आफैँलाई भन्दा राम्रोसँग अरू कसैलाई पनि थाहा हुँदैन।
प्रतिक्रिया जनाउनुभन्दा अनुमान लगाउनुहोस्
के हुन गइरहेको छ भन्ने कुरा पहिले नै बुझ्ने प्रयास गर्नुहोस्। यसले तपाईंलाई हतारमा प्रतिक्रियात्मक कार्य गर्नुको सट्टा सुरक्षित विकल्प छनौट गर्न थप समय दिन्छ।
बाटोमा तपाईंले अनुभव गर्न सक्नुहुने केही वास्तविक परिस्थितिहरू तल उल्लेख गरिएका छन्, जसमा प्रत्येक स्थितिमा कस्तो प्रतिक्रिया दिने भन्ने अवधारणाहरू छन्।
तपाईं लेन फेर्नुअघि गति कम गर्नुहुन्छ, तर पछाडिको चालकले लगातार हर्न बजाइरहन्छन् ।
काठमाडौँको ट्राफिकमा यस्तो धेरै हुन्छ। तपाईं आफ्नै गतिमा चल्दै गर्दा उनीहरूको त्यस्तो प्रतिक्रिया तपाईंको कारणले नभई उनीहरू आफैँ हतारमा भएको कारणले आउँछ।
- हर्न बज्दा प्रतिक्रिया नदिन प्रयास गर्नुहोस्। श्वास लिनुहोस् र आफ्नो आँखा आफ्नो अगाडिको बाटोमा राख्नुहोस्।
- लेन सुरक्षित भएको सुनिश्चित गरेपछि मात्रै लेन परिवर्तन गर्नुहोस्।
- यदि सक्नुहुन्छ भने हतार गरिरहेका चालकलाई अगाडि जान दिनुहोस्, र आफ्नो अगाडि केही बढी ठाउँ छोडिदिनुहोस्।
- याद राख्नुहोस्: कुनै असुरक्षित कार्य गर्नुभन्दा बरू केही सेकेन्ड ढिलाइ गर्नु राम्रो हो।
उदाहरणका लागि, तपाईं कहाँ बस्नुहुन्छ, तपाईं एक्लै बस्नुहुन्छ कि, तपाईंको परिवार छ कि छैन। यदि यस्तो प्रश्नले असहज महसुस हुन्छ भने, प्रतिक्रियात्मक कदम चाल्नको लागि पर्याप्त कारण हो।
दुर्भाग्यवश यस्तो हुन्छ। तर तपाईं यस्ता कुराकानीहरूमा सहभागी बन्न बाध्य हुनुहुन्न। आफूलाई सुरक्षित राख्न तपाईंले यस्ता कुराहरू गर्न सक्नुहुन्छ।
- एपमा आफ्ना कुनै नजिकका व्यक्तिसँग सवारीको विवरण दिने कार्य सेटअप गर्नुहोस्, जसले गर्दा उहाँहरूलाई तपाईं कहाँ हुनुहुन्छ भन्ने कुरा सधैँ थाहा होस्।
- व्यक्तिगत विवरणहरू खुलासा नगर्नुहोस्: तपाईं कहाँ बस्नुहुन्छ, तपाईं एक्लै बस्नुहुन्छ, तपाईंको परिवार छ कि छैन, काम कहिले समाप्त गर्नुहुन्छ, वा पछि कहाँ जानुहुन्छ।
- शान्तपूर्वक आफ्नो सीमा तोक्नुहोस्: "माफ गर्नुहोस्, म सवारीको समयमा व्यक्तिगत कुराहरूमा छलफल गर्दिन।"
- बहस नगर्नुहोस् र आफ्नो निर्णय पछाडिका कारणहरू बुझाउन नखोज्नुहोस्, यदि यात्रुले जिद्दी गर्छन् भने मात्र त्यही एउटै कुरा दोहोर्याउनुहोस्।
- यदि यात्रुले तपाईंलाई धम्की दिन थाल्यो भने गरिरहेको सवारी समाप्त गरिदिनुहोस्: "मैले यो सवारी रोक्नुपर्छ।" कुनै व्यस्त ठाउँमा रोक्नुहोस्: पेट्रोल पम्प, पसल, सुरक्षा चौकी, क्याफे वा सपिङ सेन्टर।
- यदि यात्रुले तपाईंलाई सवारी गर्नबाट रोक्न खोजेमा वा छुने प्रयास गरेमा एपमा रहेको SOS बटन थिच्नुहोस् वा सहायतामा सन्देश पठाउनुहोस्।
- सवारी पछि रिपोर्ट गर्नुहोस्: कम मूल्याङ्कन दिनुहोस्, सहायतालाई लेख्नुहोस् र त्यसमा विवरणहरू समावेश गर्नुहोस्, यात्रुले के भने, सवारीको कुन बिन्दुमा भने र कुनै धम्की थियो कि थिएन।
यात्रुले तपाईंलाई कुनै अँध्यारो, खाली वा अपरिचित सडकमा रोक्न आग्रह गर्छ।
रातको समयमा र शहरका कुनाहरूमा सवारी गर्दा थप सावधानी अपनाउनुपर्छ।
- पिनमा राखिएको ठेगानामा ठ्याक्कै नभएर केही अगाडि त्यस्तो ठाउँमा रोक्नुहोस्, जहाँ उज्यालो र मानिसहरू वरपर देखिन्छन्।
- तपाईंले त्यस्तो गरेको औचित्य बुझाई राख्नुपर्दैन। मात्र एउटा वाक्य पर्याप्त छ: "यो ठाउँ मैले रोक्नको लागि सुरक्षित छ।"
- यदि परिस्थिति तनावपूर्ण भयो भने, एपमा SOS बटन थिच्नुहोस् वा सहायतालाई सन्देश पठाउनुहोस्।
- अनि फेरि: एपमा आफ्ना कुनै नजिकका व्यक्तिसँग सवारीको विवरण दिने कार्य सेटअप गर्नुहोस्
तपाईं हाँक्दा कुनै गल्ती गर्नुहुन्छ र मनमनै सोच्न थाल्नुहुन्छ कि म यो काम गर्न सक्दिन।
हरेक चालकले गल्ती गर्छ नै, विशेष गरी सुरुका महिनाहरूमा, र यो सिक्ने प्रक्रियाको हिस्सा हो।
- विश्राम लिनुहोस्: कतै सुरक्षित ठाउँमा रोकिनुहोस् र श्वास फेर्नुहोस्।
- आज र यो हप्ता के राम्रो भयो भन्ने कुरा आफैँलाई याद गराउनुहोस्।
- गरिएको गल्तीलाई शान्तपूर्वक विचार गर्नुहोस्: के भएको थियो र अर्को पटक तपाईं के कुरा फरक तरिकाले गर्नुहुन्छ।
- तपाईंलाई आफू तयार भएको महसुस भएपछि बाटोमा फर्कनुहोस्।
तलका बटनहरू प्रयोग गरेर यी ४ अवस्थाहरूमा स्वाइप गर्नुहोस्।