स्कुटर वा मोटरसाइकल चलाउन सिक्नुहोस्। आफ्नो लाइसेन्स प्राप्त गर्नुहोस्। पैसा कमाउन सुरु गर्नुहोस्।
ड्राइभिङ नारीमा स्वागत छ
ड्राइभिङ नारीबाट तपाईंले के हासिल गर्न सक्नुहुन्छ

आफ्नै समयतालिकामा सवारी गरेर आम्दानी सिर्जना गर्नुहोस्

सुरुदेखि नै सिक्नुपर्ने भए पनि, आफ्नो दुईपांग्रे सवारी चालक अनुमतिपत्र लिनुहोस्।

बाटोमा सुरक्षित र आत्मविश्वासी महसुस गर्नुहोस्

तपाईंलाई मन लागेको बेला अनलाइन जानुहोस् र आफूलाई उपयुक्त हुने समयमा सवारी गर्नुहोस्
ड्राइभिङ नारीले तपाईंलाई कसरी सहयोग गर्छ

लाइसेन्स लिनेदेखि एपमार्फत सवारी चलाउन सुरु गर्ने बेलासम्म, हरेक चरणमा आवश्यक मार्गदर्शन।

Driving Naari कार्यक्रम पूरा गरिसकेका महिलाहरूसँगै तालिम लिने अवसर।

जहाँ तपाईं खुलेर सोध्न, सिक्न र अघि बढ्न सक्नुहुन्छ । त्यस्तो सहयोगी समुदाय।
तपाईंले आवेदन दिनु भएपछि के हुन्छ?


प्रत्येक चरणमा सहायता प्राप्त गर्दै सजिलै सुरु गर्नुहोस् र कुनै दबाब नलिनुहोस्
आवेदन निःशुल्क रहेको छ
कुनै विगतको स्कूटर वा मोटरसाइकल चलाउने अनुभव आवश्यक छैन
आफ्नो घर नजिकैको स्कूलमा तालिम लिनुहोस्
सम्पूर्ण प्रक्रियामा सहायता उपलब्ध
ड्राइभिङ नारीबाट तपाईंले के प्राप्त गर्न सक्नुहुन्छ
बाटोमा आत्मविश्वास बढाउनुहोस्
- प्रमाणित प्रशिक्षकहरूद्वारा २५–३० दिनसम्म व्यवहारिक स्कूटर र मोटरसाइकल कक्षाहरू
- शहरको ट्राफिकमा दैनिक रुपमा सवारी साधन चलाउन व्यावहारिक सुरक्षा मार्गदर्शन
- एक दक्ष व्यावसायिक प्रशिक्षकसँग एक दिने आत्मरक्षा कार्यशाला
विश्वसनीय साझेदारहरूसँग तालिम लिनुहोस्
- काठमाडौं उपत्यकाको विभिन्न भागमा साझेदार सवारी स्कूलहरू।
- तपाईंका कक्षाहरू, लाइसेन्स र परीक्षा शुल्कहरू पूर्ण रूपमा समेटिएका छन्, साथै हेलमेट, प्राथमिक उपचार किट र ब्याग सहितको सुरक्षा किट पनि समावेश गरिएका छन्।
- सडकमा पहिलो महिनाको लागि एक स्कुटर वा मोटरसाइकल मध्ये जुनसुकै तपाईं चलाउनुहुन्छ, त्यसलाई भाडामा लिन सहायता प्रदान गर्ने (सीमित स्थानहरू)
डिजिटल साक्षरता र आत्मरक्षा तालिम
- हामी तपाईंलाई एपमा दर्ता हुन र अप्रत्याशित परिस्थितिहरूको लागि तयारी गर्न मद्दत गर्नेछौँ
प्रश्नहरू छन्?
सुरु गर्ने बेला अरू महिलाहरूले पनि सोधेका प्रश्नहरू:
यो कार्यक्रम स्वतन्त्र ड्राइभर साझेदारहरूका लागि हो, कर्मचारीहरूका लागि हो, वा कुनै अर्को प्रकारको करारसम्बन्धी व्यवस्थाअन्तर्गत सञ्चालन हुन्छ?
नेपालमा inDrive प्रयोग गर्ने ड्राइभर र कुरियरहरू स्वतन्त्र साझेदार हुन्, कर्मचारी होइनन्। कहिले र कति समय सवारी चलाउने भन्ने निर्णय तपाईं आफैँ गर्नुहुन्छ। Driving Naari मा सहभागी हुँदैमा inDrive सँग रोजगारीको सम्बन्ध कायम हुँदैन।
के महिलाहरूले केही समय काम रोकेर फेरि सुरु गर्न सक्छन्? त्यसो गर्दा कुनै जरिवाना लाग्छ?
सक्नुहुन्छ। तपाईंले चाहेको बेला एपमा अफलाइन जान सक्नुहुन्छ र तयार भएपछि फेरि अनलाइन आउन सक्नुहुन्छ। तपाईंका कागजातहरू मान्य छन् र प्रयोगका सर्तहरू उल्लङ्घन भएका छैनन् भने, तपाईंको अकाउन्ट कुनै जरिवानाबिना पुनः सक्रिय गर्न सकिन्छ।
प्लेटफर्ममा सक्रिय रहिरहन निश्चित समय सवारी चलाउनुपर्ने, न्यूनतम काम गर्नुपर्ने वा कुनै लक्ष्य पूरा गर्नुपर्ने हुन्छ?
हुँदैन। कहिले र कति समय सवारी चलाउने भन्ने निर्णय तपाईं आफैँ गर्न सक्नुहुन्छ। inDrive ले कुनै न्यूनतम लक्ष्य वा अनिवार्य काम गर्ने समय तोकेको छैन। तर सबै ड्राइभरहरूले नेपालको ट्राफिक कानुन र सडक सुरक्षाका नियमहरू पालना गर्नुपर्छ।
के कुनै सवारी साधन बिना नै सुरु गर्न सम्भव छ? यदि त्यसो हो भने, के inDrive ले वित्तीय लगानी वा सुरक्षित भाडा विकल्पहरूमा पहुँच दिन्छ?
एपमा दर्ता प्रक्रिया पूरा गर्न तपाईंलाई आफ्नै दुईपांग्रे सवारी साधनमा पहुँच हुनुपर्छ। यदि तपाईंको आफ्नै सवारी साधन छैन भने, Driving Naari बाट छनोट भएका सीमित संख्याका सहभागीलाई विश्वसनीय फ्लीट साझेदारमार्फत एक महिनाका लागि स्कुटर वा मोटरसाइकल भाडामा उपलब्ध गराइन्छ। यसले तपाईंलाई काम सुरु गरेर आम्दानी गर्न र त्यसपछि आफ्नो अर्को कदमबारे निर्णय गर्न सहयोग गर्छ। एक महिनापछि चाहनुहुन्छ भने सोही फ्लीट साझेदारसँग सीधै भाडामा सवारी लिन जारी राख्न सक्नुहुन्छ।

inDrive सँग आफ्नै गतिमा सवारी चलाउनुहोस्
inDrive सँग सवारी चलाउनु भनेको स्वतन्त्रता र निष्पक्षता हो।
inDrive मा कहिले, कति र कहाँ सवारी चलाउने भन्ने निर्णय तपाईं आफैँ गर्नुहुन्छ। विश्वव्यापी मोबिलिटी प्लेटफर्मका रूपमा, हामी ड्राइभर र यात्रुहरूलाई निष्पक्ष र पारदर्शी ढंगले जोड्छौँ।
ड्राइभरका रूपमा तपाईंले:
- आफ्नो समयअनुसार मिल्ने राइड रोज्न सक्नुहुन्छ
- आफ्नो भाडादर र काम गर्ने समय आफैँ तय गर्न सक्नुहुन्छ
- निष्पक्षता र सहयोगमा आधारित समुदायको हिस्सा बन्न सक्नुहुन्छ




